सरकारले गभर्नरमा कानुनविपरीतका व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही

नेपालभ्युज

सरकारले गभर्नरमा कानुनविपरीतका व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर (शानेन्द्र) शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुनविपरीत गरेको बताएका छन् ।

बुधबार अर्थ समितिमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दाबी गरे । उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको स्मरण गराए ।

गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको उनको भनाइ थियो । नवनियुक्त गभर्नर पौडेलको पढाइ कृषि विषयमा रहेको उनको भनाइ थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved