त्रिविमा उपकुलपति छनोट गर्न शिक्षामन्त्री पन्तको अध्यक्षतामा तीन सदस्यीय समिति गठन

नेपालभ्युज

त्रिविमा उपकुलपति छनोट गर्न शिक्षामन्त्री पन्तको अध्यक्षतामा तीन सदस्यीय समिति गठन
शिक्षामन्त्री रघुजी पन्त (फाइल तस्वीर)

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि उम्मेदवार छनोट गर्न सर्च कमिटी गठन गरेका छन् ।

त्रिविका कुलपतिसमेत रहेका ओलीले मंगलबार शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

समितिका अन्य सदस्यमा राष्ट्रिय योजना आयोगमा शिक्षा क्षेत्र हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य रहेका छन् ।

यसअघि डा केशरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद खाली छ । यसर्थ रिक्त रहेको पदमा सिफारिस गर्न समिति गठन गरिएको हो ।

हाल रेक्टर रहेका प्राडा खड्ग केसीले उपकुलपतिको कार्यभार सम्हालिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved