काठमाडौं । बेलायत, फ्रान्स र क्यानडा गरी तीन देशले इजरायललाई गाजामा आक्रमण तुरुन्तै रोक्न आग्रह गरेका छन् ।
बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
यदि इजरायलले गाजामा आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध हटाएन भने प्रतिक्रियामा आफूहरूले ठोस कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।
‘यदि इजरायलले आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध हटाएन भने हामी प्रतिक्रियामा ठोस कदम चाल्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यी नेताहरूले अक्टोबर ७ मा बन्धक बनाइएका इजरायलीहरूलाई रिहा गर्न हमासलाई पनि अपील गरेका छन् ।
‘हामीले सधैँ आतंकवादबाट आफ्ना नागरिकहरूलाई जोगाउने इजरायलको अधिकारलाई समर्थन गरेका छौं । तर यो बढ्दो हिंसा पूर्णतया गलत छ,’ उनीहरूले थपेका छन् ।
Facebook Comment
Comment