अंग दान नपाएर ९० प्रतिशत मिर्गौला रोगीले ज्यान गुमाए : सांसद गौतम

नेपालभ्युज

अंग दान नपाएर ९० प्रतिशत मिर्गौला रोगीले ज्यान गुमाए : सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मिर्गौला रोगीहरूको समस्यालाई सम्बोधन गर्न अंग प्रत्यारोपणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभर करिब ८,००० मिर्गौला रोगी अंगदाताको पर्खाइमा रहेको र ९० प्रतिशत बिरामीले अंग नपाएर ज्यान गुमाइरहेको बताइन् ।

सांसद गौतमले ‘मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ मा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिने प्रावधान भए पनि समन्वयको अभाव र नियमावलीको पूर्ण कार्यान्वयन नहुँदा बिरामीले कष्ट भोगिरहेको उल्लेख गरिन् । उनले डायलाइसिसमा सरकारको वार्षिक डेढ अर्ब खर्च हुने गरेको तर प्रत्यारोपणलाई प्राथमिकता दिँदा बिरामीको जीवनस्तर सुध्रने र सरकारी खर्च कम हुने बताइन् ।

उनले मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न, समन्वय इकाई गठन गर्न र अंग वितरणमा पारदर्शी प्रणाली स्थापना गर्न सरकारलाई आग्रह गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved