रुस र युक्रेनबीच एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

नेपालभ्युज

रुस र युक्रेनबीच एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति
तस्वीर - रोयटर्स

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीचको बैठक टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ ।

बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देश एक–एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिए ।

‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्यौं । एक हजार मानिसको रिहाइको सहमति हाम्रो बैठकको परिणाम हो,’ उनले भने ।

शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ । हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौं,’ उनले थपे ।

मेन्डिन्स्कीले दुवै पक्षले सम्भावित भविष्यको युद्धविरामका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने सहमति गरेको बताए ।

दुवै पक्षले युद्धबन्दीहरूको रिहाइको मिति तय गरेका छन्, तर सार्वजनिक गरेका छैनन् ।

एकअर्कासँग हातसम्म नमिलाइ वार्तामा बसे रुस र युक्रेनका प्रतिनिधि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved