एकअर्कासँग हातसम्म नमिलाइ वार्तामा बसे रुस र युक्रेनका प्रतिनिधि

नेपालभ्युज

एकअर्कासँग हातसम्म नमिलाइ वार्तामा बसे रुस र युक्रेनका प्रतिनिधि

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुलमा शुक्रबार साँझ वार्ता सुरु भएको छ ।

तनावपूर्ण वातावरणका बीच जारी यस शान्ति वार्तामा टर्किए पनि संलग्न छ ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीचको यो पहिलो यस्तो बैठक हो, जसमा दुवै देशका प्रतिनिधिमण्डलहरूले आमनेसामने वार्ता गरिरहेका छन् ।

बैठक कोठामा उपस्थित बीबीसी क्यामेराम्यानले दुई पक्षले एकअर्कासँग हातसम्म नमिलाएको रिपोर्ट गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved