स्वार्थका लागि एनआरएनए विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री

नेपालभ्युज

स्वार्थका लागि एनआरएनए विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनएलाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले एनआरएनए राजनीति गर्ने ठाउँ नभएको बताए ।

‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन । एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन । स्वार्थका लागि विभाजन गर्न मिल्दैन । यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ । यस समुदायका हकहितका कुराहरुसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ । कहाँ भोट हाल्छ भन्ने कुरासँग होइन । कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन, ’ ओलीले भने ।

साथै, उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए । उनले संस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए ।

ओलीले भने, ‘यो एनआरएनए संस्था विवादित बनाउने, विवादास्पद बनाउने संस्था होइन । एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था हो यो नत्र भने यसका उदेश्यहरु पूरा हुन सक्दैनन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved