स्कटल्यान्ड जान लागेको नेपाली टोलीलाई क्यानको बिदाइ (तस्वीरहरू)

नेपालभ्युज

स्कटल्यान्ड जान लागेको नेपाली टोलीलाई क्यानको बिदाइ (तस्वीरहरू)

काठमाडौं । स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज (बुधबार) एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । टोली आज साँझ नै स्कटल्यान्ड प्रस्थान गर्नेछ ।

नेपालले लिग–२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ भने लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

लिग–२ का लागि नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, र करण केसी रहेका छन् ।

कप्तान पौडेल भने आजको बिदाइ कार्यक्रममा सहभागी भएका थिएनन् ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved