मखनटोल आगलागी : दुई घर जले, एक महिलाको मृत्यु

नेपालभ्युज

मखनटोल आगलागी : दुई घर जले, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा दुई घर जलेका छन् ।

यस्तै आगलागीमा एक ८० वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

साथै आगलागीमा परेर एक ३८ वर्षीया महिला घाइते भएकी छिन् । उनकाे ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहराले बोहराले जानकारी दिए ।

महानगरको वडा नम्बर २४ स्थित मखनटोलको महादेव चोकमा रहेको एक घरमा बुधबार बिहान आगलागी भएको हो ।

उक्त आगो अर्को घरमा समेत फैलिएको थियो । आगो सुरुमा मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको माटो र काठले बनेको ४ तल्ले कच्ची घरमा लागेको थियो । सो आगो पछि दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तल्ले पक्की घरमासमेत सल्कियो ।

घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको काठमाडौं प्रहरीले जनाएको छ ।

काठमाडौं र ललितपुर महानगरका दमकलको सहयोगमा आगो निभाउन सफल भएको प्रहरीले जनाएको छ । आगो निभाउन नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र र महानगर प्रहरीको टोली पनि खटिएको थियो ।

काठमाडौंको मखनटोलमा आगलागी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved