अष्ट्रेलियाको दक्षिणी तटमा २०० भन्दा बढी समुद्री जीवको मृत्यु

नेपालभ्युज

अष्ट्रेलियाको दक्षिणी तटमा २०० भन्दा बढी समुद्री जीवको मृत्यु

काठमाडौं । अष्ट्रेलियाको दक्षिणी तटमा २०० भन्दा बढी विभिन्न समुद्री जीवका प्रजातिको मृत्यु भएको छ । यसको पछाडिको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको छ ।

पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुन्छ । मार्च महिनादेखि दक्षिण अष्ट्रेलियाको तटको पानीमा शैवालको संख्या बढ्दै गएको छ । यो लगभग ४ हजार ५०० वर्ग किलोमिटर (३ हजार ४०० वर्ग माइल) सम्म विस्तार भएको बीबीसीको समाचारमा उल्लेख छ ।

‘यो एउटा दुर्लभ घटना हो, किनभने शैवालको फूल निरन्तर बढ्दै जान्छ,’ वन्यजन्तु वैज्ञानिक भेनेसा पिरोट्टाले भनिन् ।

‘शैवालले विष उत्पादन गर्छ, जसले ’विषाक्त कम्बलजस्तै काम गर्छ र समुद्री जीवनलाई निसास्साउँछ,’ अन्य वैज्ञानिकहरू भन्छन्, ‘यद्यपि शैवाल मानिसका लागि हानिकारक छैन, तर उच्च स्तरको शैवालको सम्पर्कमा आउनेहरूलाई छालामा जलन र खोकी वा सास फेर्न समस्या हुन सक्छ ।

मरेका जीवमा माछाका साना बच्चादेखि लिएर ठूला सेता शार्कहरूसम्म छन् ।

यसैबीच विज्ञहरूले आममानिसलाई पानीको रंग परिवर्तन भएको जानकारी दिँदै फोम भएका समुद्र तटहरूमा पौडी नखेल्न सल्लाह दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved