विनियोजन विधेयकमाथि आज पनि दुवै सदनमा छलफल

प्रतिनिधिसभामा भूमिसम्बन्धी विधेयक प्रस्तुत हुँदै

नेपालभ्युज

विनियोजन विधेयकमाथि आज पनि दुवै सदनमा छलफल

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बुधबार) पनि बस्दैछ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

दुवै सदनका बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो विषयमा मङ्गलबार पनि दुवै सदनमा छलफल भएको थियो ।

यस्तै प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।

यसैगरी, ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved