काठमाडौं । फाइफ नेपाली कम्युनिटी (FNC) तथा गैरआवासीय नेपाली सङ्घ (NRNA) स्कटल्यान्डमार्फत सक्रिय सामाजिक अभियन्ता सुमी भण्डारी यस वर्षको स्कटिस च्यारिटी अवार्डअन्तर्गत People’s Choice Award का लागि मनोनयनमा पर्न सफल भएकी छिन् ।
सुमी स्कटल्यान्डमा नेपाली संस्कृति, भाषा र समुदायको संरक्षण तथा सशक्तिकरणमा निरन्तर क्रियाशील रहेकी छिन् । CDN Student of the Year को उपाधिसमेत प्राप्त गरिसकेकी उनले आप्रवासी महिला सशक्तिकरण, बालबालिका र परिवारहरूको सहयोग तथा समुदायमा एकता स्थापना गर्न उल्लेखनीय योगदान दिएकी छन् ।
सुमीले सङ्कटग्रस्त अवस्थामा परेका परिवारलाई सहयोग गर्नुका साथै नेपालदेखि युक्रेनसम्मका विपद् प्रभावित क्षेत्रमा राहत कार्यमा समेत अग्रसरता देखाएकी छिन् ।
उनले People’s Choice Award अवार्डका लागि अनलाइनमार्फत भोट गर्न अपिल गरेकी छन् । सुमीलाई यो लिङ्कबाट भोट गर्न सकिनेछ ।
Facebook Comment
Comment