काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँको अभाव रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको औँल्याए ।
‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुईवटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं विमानस्थलमा नागरिकको गुनासो आइपछि म आफैँ गएको थिए,’ उनले भने, ‘विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्टा छ । ठाउँको अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिन पनि घण्टौं पर्खिनुपर्ने अवस्था छ । लगेजको कहिलेकाहीँ ताल्चा फुटाइन्छ । जुन एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको छ । त्यसको पनि बेइज्जत नगरौं ।’
साथै सांसद सिंहले एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको परिपेक्षमा त्यसको पनि अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै त्यसलाई रोक्न आग्रह गरे ।
Facebook Comment
Comment