अवरुद्ध बीपी राजमार्ग चाँडै सुचारु गर्ने तयारी

नेपालभ्युज

अवरुद्ध बीपी राजमार्ग चाँडै सुचारु गर्ने तयारी

रामेछाप । वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्गको मर्मत कार्य जारी रहेको छ ।

सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो । तीमध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।

असोजमा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन फेरि बगाएको जानकारी दिँदै उनले मङ्गलबार दिउँसो नै दुईतर्फी नै सडक सञ्चालन हुने जानकारी दिए ।

‘म फिल्डमै छु, अन्यत्र खासै क्षति छैन । पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो । चाँडै सडक सञ्चालन हुन्छ’, उनले भने ।

बीपी राजमार्ग स्थायी रुपमा निर्माणको काम नहुँदासम्मका लागि अस्थायी नै भए पनि बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक निर्माणको काम भइरहेको छ ।

अन्यत्र काम सकिएको भए पनि सो स्थानमा केही काम बाँकी रहेको योगेशले बताए । डाइभर्सनको काम छिटो सम्पन्न गरी वर्षामा पनि यातायात सञ्चालन गर्न सक्ने गरी सडक बन्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved