देश र जनताका लागि केही गर्न नसकेको आशयसहित गीता गुरुङले दिइन् प्रदेश सांसदबाट राजीनामा

नेपालभ्युज

देश र जनताका लागि केही गर्न नसकेको आशयसहित गीता गुरुङले दिइन् प्रदेश सांसदबाट राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मङ्गलबार सभामुखलाई पत्र लेख्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

गुरुङले पत्रमा देश र जनताका लागि केही गर्न नसकेको आशय व्यक्त गरेकी छिन् ।

सभामुखलाई उनले बुझाएको राजीनामामा देश र जनताको पीर–मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।

जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेस गरेकी हुन् ।

‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ’, उनले लेखेकी छन् ।

गुरुङ डा सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved