सुनको मूल्य आज पनि घट्यो, चाँदीको भने बढ्यो

नेपालभ्युज

सुनको मूल्य आज पनि घट्यो, चाँदीको भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मङ्गलबार) पनि घटेको छ । सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार पनि घटेको थियो ।

सोमबार तोलामा तीन हजार ७ सय रुपैयाँले घटेर एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर आज एक हजार ९७० मा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved