ल्होत्से हलमा कार्यव्यवस्था समितिको बैठक : ठूला दलका प्रमुख सचेतकहरू सहभागी

नेपालभ्युज

ल्होत्से हलमा कार्यव्यवस्था समितिको बैठक : ठूला दलका प्रमुख सचेतकहरू सहभागी

काठमाडौं । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । ल्होत्से हलमा मंगलबार बिहान ९ः४५ बजे बैठक सुरु भएको हो ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा बैठकमा कानुनमन्त्री अजय चौरसियासहित ठूला दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

प्रतिनिधिसभा बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा कार्यव्यवस्था समितिको बैठक बस्ने गर्छ ।

सङ्घीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।

प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ बजे बस्नेछ ।

यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ मा बस्नेछ ।

दुबै सदनको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved