भारत–पाकिस्तान वार्ता : सीमा क्षेत्रबाट सेनाको संख्या घटाउनेलगायत विषयमा छलफल

नेपालभ्युज

भारत–पाकिस्तान वार्ता : सीमा क्षेत्रबाट सेनाको संख्या घटाउनेलगायत विषयमा छलफल

काठमाडौं । भारत र पाकिस्तानबीच द्वन्द्व रोक्ने सहमति भएपछि सोमबार साँझ ५ बजे दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) बीच वार्ता भएको थियो ।

भारतीय सेनाका स्रोतहरूले यस वार्तामा दुबै पक्षले एउटा गोली पनि नचलाउने वा कुनै प्रकारका आक्रमण सुरु नगर्नेलगायत अन्य मुद्दामा छलफल गरेको बताएका छन् ।

स्रोतका अनुसार दुवै पक्षले सीमा क्षेत्र र अग्रपंक्तिबाट सेनाको संख्या घटाउन तत्काल कदम चाल्ने बारेमा विचार गर्ने सहमति भएको छ ।

भारतका डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घई ।

सोमबार एक पत्रकार सम्मेलनमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले भने, ‘पाकिस्तानी वायुसेनाले भारतको बहु–स्तरीय रक्षा क्षेत्रमा प्रवेश गर्ने र भारतीय हवाई क्षेत्र वा रसद प्रतिष्ठानहरूलाई लक्षित गर्ने कुनै सम्भावना छैन ।’

यसैबीच, भारतीय सेनाले सोमबार राति अबेर जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको बताएको छ ।

पहलगाममा भएको आक्रमणलाई लिएर भएको चार दिनको सैन्य द्वन्द्वपछि मे १० मा दुई देशबीच यसलाई रोक्ने सम्झौता भएको थियो ।

भारतीय सेनाले भन्यो : जम्मू–कश्मीरको साम्बामा शंकास्पद ड्रोन देखिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved