बहस : सामाजिक सञ्जालले के गर्‍यो ?

विवेकसम्मत प्रयोग खोजिरहेको सामाजिक सञ्जालको शक्ति

जब एउटा पोस्टले आन्दोलन सुरु गर्न सक्छ, एउटा ट्वीटले अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न सक्छ, तब प्रत्येक प्रयोगकर्ता सामाजिक अभियन्ता हुन सक्छ । सामाजिक सञ्जालकै कारण पत्रकारिताको परिभाषा पुनर्लेखन भइरहेको छ । अब माइक, क्यामेरा, कापी कलम नभए पनि फेसबुक लाइभ नै रिपोर्टिङको माध्यम बनेको छ । ‘सोर्स’ भन्दा ‘भाइरल’ महत्त्वपूर्ण हुने सामाजिक सञ्जालको बाध्यतात्मक यथार्थ हो ।

विवेकसम्मत प्रयोग खोजिरहेको सामाजिक सञ्जालको शक्ति

एक समय सूचनाको मूल्य महँगो थियो ।  पहाडबाट आोरालो झर्ने खोला जस्तै शहरबाट गाउँतिर बग्थ्यो सूचना । म जन्मेको नुवाकोटमा। नाकोट काठमाडौंबाट नजिकैको जिल्ला हो, तर पचासको दशकसम्म हाम्रो गाउँमा न बिजुली पुगेको थियो, न सडक । आज जस्तो सूचना डिजिटल तरंगमा होइन मान्छेको मुखबाट ओर्लिन्थ्यो । रेडियो, काठमाडौं र त्रिशूली बजारबाट फर्किएकाहरूको बोली र कहिले काहीँ आइपुग्ने गोरखापत्रबाट गाउँमा ओर्लिन्थ्यो सूचना ।

म सानै थिएँ, ठूला मान्छेहरू भन्थे, ‘आउनुस् बात मारम !’ पहिलोपटक सुन्दा अचम्म लाग्थ्यो ‘बात मार्ने भनेको के हो र ?’ पछि बुझ्यौँ, त्यो त गफ गर्ने रहेछ । खेतबारीको थकाइ मेट्न, बेलुकाको खाना खाइसकेपछि रेडियो हुनेको घरमा छरछिमेकी जम्मा हुन्थे । रेडियोमा समाचार, गीत सुनेर ‘बात’ मार्थे ।

आज पनि हामी ‘बात’ मारिरहेका छौं, तर मञ्च फरक छ—सामाजिक सञ्जाल । त्यो रेडियोको आवाज, आज फेसबुक लाइभमा गुञ्जिन्छ । त्यो गफ, आज ट्वीट बन्छ । त्यो पत्र, आज स्टाटसका रुपमा देखा पर्छ ।

सामाजिक सञ्जाल अब केवल रमाइलो वा फोटो पोस्ट गर्ने प्लेटफर्म मात्र होइन, यो अब सोच, चेतना, अभिव्यक्ति र प्रतिरोधको माध्यम बनिसकेको छ । सामाजिक र राजनीतिक मुद्दामा जनमत निर्माण गर्ने मूल थलो अब फेसबुक, ट्विटर(एक्स), युट्युब, टिकटकजस्ता डिजिटल प्लेटफर्म बनेका छन् ।

नेपालको पछिल्लो दुई दशकको इतिहास हेर्दा सामाजिक सञ्जाल परिवर्तनको उत्प्रेरक बनेको थुप्रै उदाहरण छन् । आज हामी सामाजिक सञ्जालमा बाँचेका छौं—फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम लगायतका प्लेटफर्मले अब जनमानसलाई गहिरो रूपले प्रभावित पारेका छन् । यी प्लेटफर्महरू मनोरञ्जनका साधन मात्र नभई सामाजिक चेतना, राजनीतिक जागरण, र जनमत निर्माणको केन्द्र बन्न थालेकाछन् ।

सामाजिक सञ्जाल अब केवल रमाइलो वा फोटो पोस्ट गर्ने प्लेटफर्म मात्र होइन, यो अब सोच, चेतना, अभिव्यक्ति र प्रतिरोधको माध्यम बनिसकेको छ । सामाजिक र राजनीतिक मुद्दामा जनमत निर्माण गर्ने मूल थलो अब फेसबुक, ट्विटर(एक्स), युट्युब, टिकटकजस्ता डिजिटल प्लेटफर्म बनेका छन् ।

०६७/६८ सालको सेरोफेरोमा युवाहरूले सुरु गरेको विवेकशील अभियान एउटा महत्वपूर्ण मोड थियो । युवाहरूले सामाजिक सञ्जालमार्फत भ्रष्टाचार, असमानता, र जवाफदेहिताविरुद्ध आवाज उठाउँदै विवेकशील अभियान सुरु गरे ।

सडक सफाइदेखि लिएर सार्वजनिक सेवा सुधारको मागसम्म राखेर ती युवाहरूले जति काम सडकमा गरे, त्यति नै प्रभाव सामाजिक सञ्जालमा पनि देखियो । यसै अभियानले विवेकशील पार्टी जन्मियो र आम मान्छेलाई सास्ती नदिइकन पनि आन्दोलन गर्न सकिन्छ, आफ्ना माग राख्न सकिन्छ भनेर नेपाली समाजलाई सिकायो । विवेकशील आफैँ पनि अरुभन्दा फरक दल भएर राजनीतिमा आयो ।

काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन शाह सामाजिक सञ्जालको बलमा उदाएका एक उदाहरणीय पात्र हुन् । इन्जिनियरिङको पृष्ठभूमिबाट सुरु गरेको यात्रा, र्‍याप सङ्गीतमार्फत युवा मन जित्ने क्षमता, अनि टिकटक र युट्युबमार्फत प्रस्तुत विचारले उनलाई राजनीतिको नजिक पुर्‍यायो ।

चुनाव लड्दा उनले परम्परागत पार्टीहरूले जस्तै महँगो पोस्टर–ब्यानरबाट नभई फेसबुक पोस्ट, टिकटक भिडियो र युट्युब अन्तर्वार्ताबाट प्रचार गरे । उनको यो शैली नयाँ पुस्ताका लागि फ्यामिलिएर भयो ।

त्यस्तै अर्को उदाहरण हुन् रवि लामिछाने । टिभी प्रस्तोताका रुपमा उदाएका रवि लामिछानेले ‘सिधाकुरा जनता सँग’ जस्ता कार्यक्रममार्फत भुइँमान्छेको मन जिते । सामाजिक सञ्जालकै सक्रियता र जनसमर्थनका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको चमत्कारी उदय सम्भव भयो ।

धरानका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालकै चमत्कारिक पात्र हुन् । पानीको मुहान खोज्न आफैँ कुद्ने, सडक सफा गर्ने, भ्रष्टाचार नगर्ने घोषणा गरिएका उनका भिडियोहरू लाखौँ मानिसले हेरे । सामाजिक सञ्जालले जनताको मनमा उनको विश्वसनीय छवि निर्माण गरिदियो । ‘काम गरेर देखाउ र शेयर गर’ शैली लोकतन्त्रमा सामाजिक सञ्जालमार्फत हुने पारदर्शिता र जवाफदेहिताको नयाँ नमुना बन्यो ।

२०७२ भूकम्पमा सामाजिक सञ्जाल यति धेरै सक्रिय थियो नि  फेसबुकको सेफ्टी चेक, ट्विटरको अपडेट, युट्युबको लाइभले विश्वलाई हाम्रो अवस्था देखायो । विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीले सामाजिक सञ्जालमार्फत राहत सामग्री जुटाउन लागिपरे । यस्ता अभियान सामाजिक सञ्जालकै कारण संभव भए । सामाजिक सञ्जालकै कारण भूकम्पपछिको राहत, पुनर्स्थापना र उद्धारमा सयौँ स्वयंसेवक परिचालित भए । यो घटनाले सरकारभन्दा अघि डिजिटल मञ्चमा नागरिकको प्रतिक्रिया आउँछ, भन्ने स्थापित गर्‍याे ।

भूकम्प र संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो । नाकाबन्दीको समयमा परम्परागत सञ्चार माध्यमभन्दा अगाडि थिए सामाजिक सञ्जाल । नेपालीको राष्ट्रिय स्वाभिमान र जनआक्रोश सामाजिक सञ्जालबाटै विश्वभर फैलियो ।

सामाजिक न्यायका मुद्दामा पनि सामाजिक सञ्जालको उपस्थिति गहिरो छ । डा. गोविन्द केसीको अनशन परम्परागत समाचारमाध्यमले ढिलो रिपोर्ट गर्दा सामाजिक सञ्जालमा उनका समर्थनको ट्रेन्ड चलिसकेको हुन्थ्यो ।

हजारौँ पोस्ट, मीम, भिडियोहरूले नाकाबन्दीका कारण नेपालीले भोगिरहेको सास्ती विश्व समुदायमा देखाए । सामाजिक सञ्जालकै कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यान नेपालतर्फ मोडियो ।

सामाजिक न्यायका मुद्दामा पनि सामाजिक सञ्जालको उपस्थिति गहिरो छ । डा. गोविन्द केसीको अनशन परम्परागत समाचारमाध्यमले ढिलो रिपोर्ट गर्दा सामाजिक सञ्जालमा उनका समर्थनको ट्रेन्ड चलिसकेको हुन्थ्यो ।

‘#IAmWithDrKC’ ट्रेन्ड हुनेवित्तिकै सरकार केसीको अनशनलाई गंभिरतापूर्वक लिन बाध्य भयो । उनका हरेक अनशन, मागपत्र र स्वास्थ्य स्थिति सामाजिक सञ्जाल बाटै अपडेट गरिन्थे । यो डिजिटल समर्थनले नै आन्दोलनलाई निरन्तरता दियो भने सरकारलाई दबाब ।

निर्मला पन्त हत्या प्रकरण पनि सामाजिक सञ्जालकै बलमा राष्ट्रिय बहसको विषय बन्यो । बलात्कारपछि हत्या हुँदा पनि सरकारी संयन्त्र सुस्त थियो, तर सामाजिक सञ्जालमा ‘#JusticeForNirmala’ ट्रेन्ड भयो । नागरिक समाज, विद्यार्थी र आम जनता सडकमा उत्रिए । उनीहरूलाई सडकमा उतार्ने शक्ति थियो सामाजिक सञ्जाल । निर्मला पन्तको घटनाले ‘न्यायको माग अब अदालतको कुर्सीबाट डिजिटल स्पेससम्म’ पुगिसकेको प्रमाणीत गर्‍यो ।

त्रिभुवन विमानस्थलमा भइरहेको अव्यवस्था पनि सामाजिक सञ्जालको प्रभावले उजागर भएको हो । यात्रुहरूले मोबाइलमा खिचेका भिडियो भाइरल भएपछि नै व्यवस्थापनले सुधारको भाषा बोल्न सुरु गरेको हो । आजकल त मुलधारका मिडिया पनि सामाजिक सञ्जालमा भाइरल हुने विषयमै तानिन थालेकाछन् ।

यौन हिंसा, जातीय विभेद, LGBTIQA+ अधिकार, घरेलु हिंसा जस्ता विषयहरू पहिले लुकाइन्थे, दबाइन्थे । आज सामाजिक सञ्जालले ती आवाजहरूलाई न्यायको बाटो देखाएको छ ।

जातीय विभेद विरुद्धका अभियानहरूमा #DalitLivesMatter, #EndCasteDiscrimination जस्ता ट्रेन्डहरूले आम जनताको ध्यान खिचे । रुकुमका नवराज बिक र उनका साथीहरूको हत्या पछि सामाजिक सञ्जालमा उठेको जनआवाजले सबैलाई एकपटक सोच्न बाध्य बनायो ।

सामाजिक सञ्जालमा सकारात्मक परिवर्तनका साथसाथै चुनौतीहरू पनि छन् । सामाजिक सञ्जालमा झूटा सूचना, अफवाह, र चरित्र हत्या जस्ता समस्याहरू बढ्दै छन् । कतिपय अवस्थामा कुनै व्यक्तिविरुद्ध प्रमाण बेगर नै अनेक आरोप लगाइन्छ । जसका कारण मानसिक हिंसा र सामाजिक बहिष्कारको अवस्था भोग्नुपर्छ । सामाजिक सञ्जालमा हेट स्पिच, धार्मिक कट्टरता, राजनीतिक ध्रुवीकरण जस्ता विषयको नियन्त्रण चुनौतिपूर्ण छ ।

सामाजिक सञ्जालमा अब केवल समाचारको खपत मात्रै हुँदैन—त्यहाँ विचार बनाइन्छ, बहस गरिन्छ, सञ्जाल विस्तार गरिन्छ । लेखपढ गर्ने परम्परा अब ‘पोस्ट लेख्ने’ परिपाटीमा बद्लिएको छ । विगतमा आफ्ना विचार प्रकाशन वा प्रशारण गर्न प्रकाशन संस्था वा सम्पादकको पहुँच आवश्यक हुन्थ्यो, तर अब हरेक व्यक्तिले डिजिटल भित्तामा आफ्नो विचार स्वतन्त्रतापूर्वक राख्न सक्छ ।

सामाजिक सञ्जालमा सकारात्मक परिवर्तनका साथसाथै चुनौतीहरू पनि छन् । सामाजिक सञ्जालमा झूटा सूचना, अफवाह, र चरित्र हत्या जस्ता समस्याहरू बढ्दै छन् । कतिपय अवस्थामा कुनै व्यक्तिविरुद्ध प्रमाण बेगर नै अनेक आरोप लगाइन्छ । जसका कारण मानसिक हिंसा र सामाजिक बहिष्कारको अवस्था भोग्नुपर्छ । सामाजिक सञ्जालमा हेट स्पिच, धार्मिक कट्टरता, राजनीतिक ध्रुवीकरण जस्ता विषयको नियन्त्रण चुनौतिपूर्ण छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको जिम्मेवारी यहीँबाट सुरु हुन्छ । अभिव्यक्तिको स्वतन्त्रता आवश्यक हो, तर त्यो विवेकसाथ प्रयोग गरिनुपर्छ ।

सञ्जाल प्रयोगकर्ताले भावना वा अफवाहको भर नपरीकन तथ्य र सत्यका आधारमा आफ्ना विचार, धारण सार्वजनिक गर्नुपर्छ । सामाजिक सञ्जाल अब टाइम पास गर्ने वा मनोरञ्जनको रमाईलो प्लेटफर्म मात्र होइन । यो आज सामाजिक, राजनीतिक र नैतिक हस्तक्षेपको स्थान हो ।

जब एउटा पोस्टले आन्दोलन सुरु गर्न सक्छ, एउटा ट्वीटले अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न सक्छ, तब प्रत्येक प्रयोगकर्ता सामाजिक अभियन्ता हुन सक्छ । सामाजिक सञ्जालकै कारण पत्रकारिताको परिभाषा पुनर्लेखन भइरहेको छ । अब माइक, क्यामेरा, कापी कलम नभए पनि फेसबुक लाइभ नै रिपोर्टिङको माध्यम बनेको छ । ‘सोर्स’ भन्दा ‘भाइरल’ महत्त्वपूर्ण हुने हुने सामाजिक सञ्जालको बाध्यतात्मक यथार्थ हो ।

त्यसैले, हामीले सामाजिक सञ्जालको शक्ति चिनेका छौं । अब त्यो शक्ति जिम्मेवारीसाथ प्रयोग गर्नु आवश्यक छ । शक्तिको प्रयोग विवेकसम्मत तरिकाले गनुपर्छ । विवेकमा आधारित आवाज नै परिवर्तन, न्याय र समताको पक्षमा उभिन्छ । हाम्रै पोस्ट, हाम्रै कथा, हाम्रै आक्रोश वा संवेदनाले सामाजिक तरंग सिर्जना गर्न सक्छन भनेर प्रत्येक प्रयोगकर्ताले बुझ्न जरुरी छ ।

अन्ततः सामाजिक सञ्जालले हामीलाई मात्र परिवर्तन गरेको छैन, हामीलाई नै परिवर्तनको वाहक बनाएको छ ।

सामाजिक सञ्जाल एक्समा अृमत दाहाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved