प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो

नेपालभ्युज

प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयमित हुन आग्रह गरेपछि भारत र पाकिस्तानबीचको युद्ध रोकिएको दाबी गरेका छन् ।

झण्डै हात हालाहालको अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि रोकिएको उनको भनाइ छ ।

लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती मूल समारोहमा सरिक हुन पुगेका ओलीले भने, “भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो । हामीले संयमित हुन आग्रह गर्‍यौँ ।”

लडाइँमा परिणत हुन नपाओस् भन्नेर कामना गरेकोसमेत उनी बताउँछन् । “उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ,” ओलीले भने ।

भारत र पाकिस्तानबीच शनिबार साँझ युद्धविरामको सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved