संवैधानिक पदाधिकारी नियुक्ति विवादमा पुनः सुनुवाइ सुरु

नेपालभ्युज

संवैधानिक पदाधिकारी नियुक्ति विवादमा पुनः सुनुवाइ सुरु

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विदेश भ्रमणले हेर्दाहेर्दैमा रहेको संवैधानिक आयोग नियुक्तिसम्बन्धी विवाद संवैधानिक इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा आइतबारदेखि बहस सुरु भएको हो । प्रधानन्यायाधीश विदेश भ्रमणमा जाने भएपछि गएको १० वैशाखदेखि यो इजलास बस्न सकेको थिएन ।

गएको माघ ३० गतदेखि इजलासको प्राथमिकतामा परेको यस विवादमा ७ वैशाखदेखि १० वैशाखसम्म निरन्तर (दिनदिनै) सुनुवाइ भएको थियो । सामान्यतया बुधवार र शुक्रवार बस्ने संवैधानिक इजलास यही विवादको लागि दैनिक बसेको थियो ।

यो विवादमा नियुक्तिविरुद्ध परेका १५ निवेदन दिने निवेदकको तर्फबाट बहस सकिसकेको छ भने विपक्षमा रहेका कानुन व्यवसायीहरुले बहस गर्दै आएका छन् ।

अन्तिम सुनुवाइ भएको १० बैशाखम अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँगै अन्य संवैधानिक पदाधिकारीतर्फका कानुन व्यवसायीले बहस गरेका थिए ।

अब, विपक्षीतर्फका अन्य पनि कानुन व्यवसायीले बहस गर्नेछन् ।

चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई अख्तियारसहित विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो । ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए । भने अरू १४ वटा निवेदन यही विषयमा परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved