प्रचण्डलाई पोखरेलको प्रश्न- तपाईं के बोल्दै हुनुहुन्छ?

नेपालभ्युज

प्रचण्डलाई पोखरेलको प्रश्न- तपाईं के बोल्दै हुनुहुन्छ?

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिमा तथ्य नभई कुण्ठा मात्रै देखिएको टिप्पणी गरेका छन्। वर्तमान सरकारको सफल कार्यसम्पादनले प्रचण्डमा पीडा र छटपटी बढाएको उनको दाबी छ।

आइतबार बिहान सामाजिक सञ्जाल मार्फत पोखरेलले प्रचण्डको आलोचना गर्दै वर्तमान सरकारले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूको तथ्यांक प्रस्तुत गरेका छन्। ‘प्रचण्डजी, तपाईँ के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले तपाईँको बोलीमा तथ्य होइन, कुण्ठा मात्र देखिन्छ,’ उनले लेखेका छन्।

पोखरेलले वर्तमान सरकारले प्रचण्ड प्रधानमन्त्री हुँदाको तुलनामा राजस्वमा उल्लेख्य वृद्धि गरेको, विदेशी मुद्राको सञ्चिति बढाएको, शोधनान्तर स्थितिमा बचत गरेको र निर्माण व्यवसायीहरूलाई प्रचण्ड नेतृत्वको सरकारले रोक्का राखेको भुक्तानी प्रदान गरेको दाबी गरेका छन्।

“निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तीव्रता आएको छ। जस्तो पोखरा-मुग्लिन सडक, गैंडाकोट-बुटवल सडक आदि। भूकम्प र बाढीपीडितका क्षतिग्रस्त आवास निर्माणका लागि स्रोतको व्यवस्था भएको छ। बैंकको तरलता वृद्धि भएको छ। ब्याजदर घटेको छ। लगानी वृद्धि हुन थालेको छ। कानून निर्माणको कामले तीव्रता पाएको छ। कानूनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ। कानून कार्यान्वयन गर्ने निकायले बिना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ। भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ। सरकारको स्थायित्वको आधार तयार भएको छ। उपरोक्त कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ। होइन र?” पोखरेलले प्रश्न गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved