भारत-पाकिस्तान युद्धविराम भएको केही घन्टा नबित्दै श्रीनगरमा विष्फोट

नेपालभ्युज

भारत-पाकिस्तान युद्धविराम भएको केही घन्टा नबित्दै श्रीनगरमा विष्फोट
तस्वीर - एएफपी

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम भएको केही घन्टामा भारततर्फको जम्मु कश्मीर क्षेत्रका श्रीनगर विष्फोटको आवाज सुनिएको खबर सार्वजनिक भएको छ ।

कश्मीरका मुख्यमन्त्री ओमार अब्दुलाहले एक्समा एउटा पोस्ट गर्दै आश्चर्य व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘युद्धविराम भएको केही समयमा नै यो के भइरहेको हो ? श्रीनगरमा आसपासमा विष्फोटको आवाज सुनिएको छ ।

भारतीय सञ्जार माध्यमहरूले भने युद्धविराम भएको चार घन्टा नबित्दै पाकिस्तानले आक्रमण सुरु गरेको खबर सार्वजनिक गरिरहेका छन् । यद्यपि, भारत सरकारका तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved