वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्छ : प्रचण्ड

नेपालभ्युज

वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् ।

पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले भने, “यो सरकार आफ्नै कुकर्मको बोझले ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं ।”

अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको उनको भनाइ छ । साथै, एउटै राम्रो काम गर्न नसकेको प्रचण्ड बताउँछन् ।

प्रचण्डले संविधान मिचेर सरकार ढालेको बताउँदै भने, “हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौं । अब भने हामी मिल्ने छैनौं । हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved