अमरेशको आरोप : दलीय भागबण्डाको झगडाले गभर्नर नियुक्ति हुन सकेन, प्रमुख दोषी ओली र देउवा

नेपालभ्युज

अमरेशको आरोप : दलीय भागबण्डाको झगडाले गभर्नर नियुक्ति हुन सकेन, प्रमुख दोषी ओली र देउवा

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवा प्रमुख दोषी रहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताए ।

‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो । तर दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म हुन सकेन । त्यसको असर बैंकहरूसँगै पूरै आर्थिक क्षेत्रमा पर्छ, सरकारलाई मतलब छैन,’ उनले भने, ‘मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ, अर्कोलाई पनि त्यही छ । यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो ? दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे यी दुई नै देशलाई ध्वस्त पार्न सहमतिमा छन् । गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुईटै यसमा दोषी छन् ।’

यस्तै सांसद सिंहले तस्करीका कारण खेतीपातीको सिजनमा समेत मल र बिउको अभाव रहेको भन्दै आक्राेश पाेखे ।

किसानले दूधको मूल्य, उखुको मूल्य नपाउनुमा सरकारी संयन्त्र नै दोषी रहेको भन्दै उनले यो बिचौलियाको मात्र सरकार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved