विद्युत् प्राधिकरणको आम्दानी र खर्चको विवरण संसदमा पेस गर्न माओवादी केन्द्रको माग

नेपालभ्युज

विद्युत् प्राधिकरणको आम्दानी र खर्चको विवरण संसदमा पेस गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्युत् प्राधिकरणको आम्दानी र खर्चको  सत्यतथ्य विवरण संसदमा पेस गर्न माग गरेको छ ।

संसदमा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले प्राधिकरणको खर्चको विवरण संसदमा पेस हुनुपर्ने माग गरेका हुन् । ‘विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्रले  भ्रम सिर्जना गरिरहेको छ । प्राधिकरणको आम्दानी र खर्चको विवरण संसदमा पेसका लागि रूलिङको माग गर्दछु,’ उनले भने।

वैशाख १९ मा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको विवरण सार्वजनिक गरेका थिए । बर्खास्तमा परेका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त विवरण झुठो भएको दाबी  गर्दै आएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड छ । तर,आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमै रहेको विवरण शाक्यले सार्वजनिक गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved