काठमाडौं । दुई छिमेकी देश भारत र पाकिस्तानबीचको तनावको प्रभाव खेल क्षेत्रमा पनि परेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल रद्द भएको छ भने पाकिस्तान सुपर लिग (पीएसएल) यूएईमा सारिएको छ ।
आईपीएलअन्तर्गत बिहीबार राति हिमाचल प्रदेशको धर्मशालामा भइरहेको दिल्ली क्यापिटल्स र पञ्जाब सुपर किङ्सबीचको खेल रद्द भएको हो ।
प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले जनाएको ५ । १० ओभर १ बल को खेल सकिएपछि फ्लड लाइटको पावर सप्लाई नहुँदा मात्र एउटा फ्लड लाइट मात्र बलेको थियो ।
यता आईपीएलका एक अधिकारीले भने अन्तर्राष्ट्रिय मिडियालाई पाकिस्तानले जम्मू क्षेत्रमा गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन् ।

सो पञ्जाबले १० ओभर १ बलमा १ विकेट गुमाउँदै १२२ रन जोडेको थियो । प्रियान्स आर्या र प्रभसिम्रनले टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।
खेल रद्द भएसँगै तेस्रो स्थानमा रहेको पञ्जाबको ११ खेलमा १५ अंक छ । दिल्ली ११ खेलमा १३ अंक जोडेर पाँचौ स्थानमा छ । यस खेलको अंकबारे भने निर्णय भइसकेको छैन ।
यस्तै दुई देशको तनावकै कारण पीएसएलका खेलहरूको स्थल परिवर्तन गरिएको छ । अबब बाँकी खेलहरू यसै यूएईमा नै आयोजना हुनेछन्
भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पीएसएलका बाँकी खेलहरू यूएईमा आयोजना गर्ने निर्णय गरिएको बताएको छ ।

पहिले रावलपिण्डी, मुल्तान र लाहोरमा आयोजना हुने तालिका रहेका पीएसएलका खेलहरू अब यूएईमा आयोजना हुनेछन् ।
पीसीबीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खेलको तालिका, मिति र स्थान सही समयमा घोषणा गरिने छ ।
बिहीबार रावलपिण्डी क्रिकेट रंगशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको थियो । पाकिस्तानी सेनाले रावलपिण्डी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतको सम्भावित आक्रमणबाट हाम्रा घरेलु र विदेशी पाहुना क्रिकेटरहरूलाई जोगाउन पीसीबीले बाँकी खेलहरू यूएईमा सार्ने निर्णय गरेको छ ।’

भारत र पाकिस्तानबीच बिहीबार रातभर गोलीबारी भएको थियो । दुई देशलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चारमाध्यहरूले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमहरूले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी आक्रमणमा परी उरीमा एक भारतीय महिलाको मृत्यु भएको भारतीय पक्षको दाबी छ ।
भारतीय पक्षले पाकिस्तानी तीनवटा लडाकु विमान र एक जासुसी विमान खसालेको दाबी गरेको छ । भारतले दुईवटा जेएफ–१७ र एक एफ–१६ तथा एक जासुसी विमान खसालेको दाबी गरेको छ ।
उता पाकिस्तानले भने यसरी भारतमा आक्रमण नगरेको दाबी गरेको छ । तर भारतका एक दर्जनभन्दा बढी स्थानमा विस्फोटक घटना भएका छन् ।
यसअघि भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरेको थियो जसमा ३१ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।
भारततर्फ पनि एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
पुछारमा रहेको चेन्नईसँग हार्यो कोलकाता, कठिन बन्यो प्ले अफ सम्भावना
Facebook Comment
Comment