रेशम पक्राउबारे गृहमन्त्रीले दिए जवाफ, कानुन कार्यान्वयनमा त्रुटी नगर्न प्रहरीलाई गराए सजग

नेपालभ्युज

रेशम पक्राउबारे गृहमन्त्रीले दिए जवाफ, कानुन कार्यान्वयनमा त्रुटी नगर्न प्रहरीलाई गराए सजग

काठमाडौं । अनधिकृत पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउ परेकोमा गृहमन्त्री रमेश लेखकले दु:ख व्यक्त गरेका छन् । सभामुखको रूलिङपछि संसद्‌मा घटनाका विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

सर्वोच्चको पत्रसहित अधिकृत महिमानसिंह विष्ट प्रहरी महानिरीक्षकको कार्यालयमा परिचयपत्र सहित पुगेर फैसला कार्यान्वयनको जानकारी गराएपछि उक्त घटना भएको उनले बताए ।

‘सर्वोच्चका अधिकृत विष्ट परिचयपत्र सहित महानिरीक्षकको कार्यालय पुगेर पत्र दिएपछि अदालतको फैसला कार्यान्वयनको मनसायले रेशम चौधरी पक्राउ परेको देखिएको छ । अनधिकृत पत्रबाट पक्राउ भइ डिल्लीबजार कारागार चलान भएसँगै रेशम चौधरी, उहाँका परिवार र दलमा परेको असहजताप्रति म दु:ख व्यक्त गर्दछु,’ उनले भने ।

कानुन कार्यान्वयनका क्रममा त्रुटी नगर्न आफुले प्रहरीलाई सचेत गराएको उनले बताए । ‘यस्ता घटना आगामी दिनमा नदोहोर्‍याउनका लागि मैले प्रहरीलाई सजग र सचेत गराएको छु,’ उनले भने ।

उक्त पत्र अनधिकृत रहेको विवरण आएलगत्तै प्रहरीले अधिकृत विष्टलाई कीर्ते र झुट्टा जानकारी दिएको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा कमलादी पुगेका चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरी पाँच घण्टापछि सर्वोच्चले पत्राचार गरेसँगै रिहा भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved