कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्यालेस्टाइन समर्थक प्रदर्शनकारी पक्राउ

नेपालभ्युज

कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्यालेस्टाइन समर्थक प्रदर्शनकारी पक्राउ

काठमाडौं । अमेरिकाको न्युयोर्क प्रहरीले बुधबार कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने दर्जनौं प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ ।

कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर शिपम्यानको एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेकाले पक्राउ गरिएको जनाएका छन् ।

‘प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरे,’ उनले भने, ‘यस घटनामा परी विश्वविद्यालयका दुई सुरक्षा अधिकारी घाइते भएका छन् ।’

शिपम्यानले न्युयोर्क प्रहरीबाट सहयोग मागेको बताए । न्युयोर्क सहर प्रहरी विभागले पनि सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी गराएको छ ।

‘जहाँ धेरै व्यक्तिले पुस्तकालय कब्जा गरेका थिए । कोलम्बिया विश्वविद्यालयको अनुरोधमा हामीले क्याम्पसमा भएको परिस्थितिलाई नियन्त्रणमा लिएको हो,’ प्रहरीले भनेको छ ।

क्याम्पसको पत्रिका कोलम्बिया स्पेक्टेटरका अनुसार प्रहरीले ७० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ ।

यसैबीच, विश्वविद्यालयका अध्यक्ष शिपम्यानले अधिकांश प्रदर्शनकारी विश्वविद्यालयका विद्यार्थी नभएको दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved