प्रधानमन्त्रीको ‘कडा’ निर्देशनपछि त्रिवि क्रिकेट मैदानको काम धमाधम (तस्वीरहरू)

नेपालभ्युज

प्रधानमन्त्रीको ‘कडा’ निर्देशनपछि त्रिवि क्रिकेट मैदानको काम धमाधम (तस्वीरहरू)
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम तोकिएको समयमा नसिकने भएपछि प्रधानमन्त्री केपी ओली केही दिनअघि कडा रुपमा प्रस्तुत भए ।

प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधे । साथै उनले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका थिए ।

प्रधानमन्त्रीको ‘कडा’ निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बीकेओआई–केसीडीसी–बीजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विसन–ईश्वरी जेभीले ४२ करोड १९ लाख रुपैयाँमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ गतेभित्र सक्नेगरी मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

यसअघि वैशाख ४ गते उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछि उनले केही दिन मन्त्रालयबाटै निर्माण कार्यको अनुगमन पनि गरेका थिए ।

तस्वीरहरू :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved