काठमाडौं । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोली प्रहारबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ ।
बिहीबार बिहान भएको उक्त घटनामा परी मृत्यु हुनेमा दिनेशकुमार शर्मा रहेको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत दिएको छ ।
‘पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौं,’ भारतीय सेनाले भनेको छ ।
मृतक प्रहरी जवान शर्मा हरियाणा निवासी रहेको बताइएको छ । यसैबीच, हरियाणाका मुख्यमन्त्री नायबसिंह सैनीले मृतक सैनिक जवानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यस घटनालाई लिएर भारतीय सेनाले भनेको छ, ‘पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लंघन गरेको छ ।’
भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार, सुनक भन्छन्– भारतीय आक्रमण जायज
Facebook Comment
Comment