काठमाडौं । सीमापार गोलाबारीबाट मारिएका सर्वसाधारणको संख्या १० पुगेको भारतीय पक्षले जनाएको छ ।
यी सबै मृत्युका घटना भारत र पाकिस्तानबीचको पुंछ जिल्लामा नियन्त्रण रेखा नजिकै भएका हुन् ।
भारतीय एक सैनिकले बीबीसीलाई दिएको जानकारीअनुसार ३२ जना सर्वसाधारण घाइते भएका छन् ।
यसैबीच, पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको जनाएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले नियन्त्रण रेखामा भारतीय हवाई आक्रमण र गोलीबारीमा २६ जनाको मृत्यु भएको बताएका हुन् ।
भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् ।
यसको जानकारी अजहर आफैले दिएको बीबीसी उर्दूको समाचारमा उल्लेख छ ।
साथै आक्रमणबाट उनका ६ जना नजिकका साथीको पनि ज्यान गएको छ ।
अजहर भारतको संसद्देखि मुम्बईसम्ममा आक्रमणमा संग्लग्न व्यक्ति हुन् ।
सन् २०१९ मा अजहरलाई विश्वव्यापी आतङ्कवादीको रुपमा घोषणा गरिएको थियो ।
Facebook Comment
Comment