आईपीएल

मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्दै गुजरात शीर्ष स्थानमा

नेपालभ्युज

मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्दै गुजरात शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्दै गुजरात शीर्ष स्थानमा उक्लिएको छ ।

वानखेडे रंगशालामा मंगलबार वर्षाका कारण पटक–पटक प्रभावित खेलमा गुजरातले घरेलु टोली मुम्बईलाई तीन विकेटले हराएको हो ।

मुम्बईले जितका लागि २० ओभरमा १५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा दोस्रो इनिङमा पटक-पटक पानी पर्दा खेल प्रभावित भएको थियो । वर्षाका कारण १९ ओभरमा खेल छोटिएपछि गुजरातले १९ ओभरमा १४७ रनको लक्ष्य पायो । गुजरातले सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै महत्त्वपूर्ण दुई अंक जोड्यो ।

तेस्रो पटक वर्षापछि खेल सुरू हुँदा गुजरातलाई १ ओभरमा १५ रन आवश्यक थियो । तर दीपक चाहरले पहिलो ३ बलमै चौका र छक्का खाएपछि गुजरात जिततर्फ अग्रसर भयो । अन्तिम बलमा १ रन चाहिएको अवस्थामा रनआउट गर्न नसक्दा मुम्बई पराजित भएको हो ।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रनको योगदान दिए ।

मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले दुई–दुई तथा दीपक चाहरले एक विकेट लिए ।

त्यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतारेको थियो । मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन जोड्यो ।

अर्धशतक बनाएका विल ज्याक्सले ३५ बलबाट ५३ रन जोडे । यस्तै सूर्यकुमार यादव ३५ रनमा आउट भए ।

गुजरातका लागि साई किशोरले सर्वाधिक दुई विकेट लिए ।

गुजरात ११ खेलमा आठ जितसँगै १६ अंक बोकेर शीर्ष स्थानमा उक्लिएको हो । चौथो स्थानमा रहेको मुम्बईको १२ खेलमा १४ अंक छ ।

आईपीएलमा बुधबार कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।

 

अंक तालिका :

वर्षा बाधक बन्दा हैदराबादलाई घाटा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved