नेता नेपाललाई कसरी सम्झन्छन् प्रधानमन्त्री ओली ?

नेपालभ्युज

नेता नेपाललाई कसरी सम्झन्छन् प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपाल र उनको योगदानलाई आफूहरूले सधैँ सम्झिरहने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहेका नेता नेपालको निधनले पीडाबोध भएको बताउँदै उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

“नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ”, प्रधानमन्त्री ओलीले लेखेका छन्, “उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् ।”

प्रधानमन्त्री ओलीले प्रदीप नेपाल र उनको योगदानलाई आफूहरूले सधैँ सम्झिरहने बताएका छन् । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको आज उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved