आईपीएल

वर्षा बाधक बन्दा हैदराबादलाई घाटा

नेपालभ्युज

वर्षा बाधक बन्दा हैदराबादलाई घाटा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ । खेल रद्द भएपछि दुवै टोली एक–एक अङ्क बाँड्न बाध्य भएका छन् ।

हैदराबादले जितका लागि १३४ रनको सहज चुनौती पाएको थियो । तर वर्षाको कारण हैदराबादले इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक–एक अङ्क बाँडेका छन् । यसले हैदराबादको प्ले अफमा पुग्ने सम्भावना समाप्त भएकाे छ ।

यद्यपि सात अङ्कसहित हैदराबाद लिगको आठौं स्थानमा उक्लिएको छ । तर अब यसकाे कुनै अर्थ भने छेन ।

यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा घरेलु टोली टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो ।

दिल्लीका लागि ट्रिस्तान स्टुब्सले अविजित ४१ रन बनाए । यस्तै आशुतोष शर्माले पनि समान ४१ रन नै जोडे ।

हैदराबादका बलर प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए ।

यो हारसँगै दिल्ली ११ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा छ । १० टोलीमध्ये शीर्ष चारले प्ले अफमा स्थान बनाउने छन् ।\

लखनऊलाई हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved