डा. अर्जुन कार्की नेपाल विश्वविद्यालयको उपकुलपति नियुक्त

नेपालभ्युज

डा. अर्जुन कार्की नेपाल विश्वविद्यालयको उपकुलपति नियुक्त

काठमाडौं । वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा. अर्जुन कार्की नेपाल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्। नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उक्त पदमा नियुक्त गरेको हो।

यसैगरी, सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्यलाई विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गरिएको छ। उप–कुलपति र रजिष्ट्रार दुवैको नियुक्ति सिफारिस समितिको सिफारिसमा संरक्षक परिषद् र कुलपतिबाट ऐनको प्रावधान अनुसार गरिएको विश्वविद्यालयले जनाएको छ।

नेपाल विश्वविद्यालय ऐन अनुसार, संरक्षक परिषद् विश्वविद्यालयको उच्च शासकीय निकाय रहने व्यवस्था छ। हाल विश्वविद्यालयको संरक्षक परिषदमा पदेन सदस्य बाहेक डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, श्री लक्ष्मीदेवी पाण्डे, ई. लाल कृष्ण के सी, श्री माधव प्रसाद पौडेल, श्री रामेश्वर खनाल र श्री चाँदनी जोशी सदस्य रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved