काठमाडौ । लगातारको वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन् । प्रहरीका अनुसार कान्ति लोकपथ र पूर्व–पश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका खण्ड पूर्णरूपमा अवरोध भएको छ । ललितपुर र मकवानपुरको सीमामा पर्ने बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरोध भएको हो । प्रहरीले यहाँ सडक खुलाउने प्रयास गरिरहेको छ ।
यस्तै पूर्वी नवलपरासीको विनयी त्रिवेणीको चौसठ्ठी क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा अविरल वर्षापछि सडक अरोध भएको हो । प्रहरीका अनुसार यही स्थानको विनयी खोलामा समेत सडक एकतर्फी भएको छ ।
प्रहरीका अनुसार धादिङको कृष्णभिरमा पहिरो जाँदा पृथ्वीलोकमार्ग एकतर्फी भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा अविरल वर्षापछि अरनिको राजमार्ग एकतर्फी भएको छ ।
राससका अनुसार यूर्यविनायक–साँगा सडक पनि एकतर्फी भएको छ ।

Facebook Comment
Comment