काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आङ्शिक प्रभाव रहेको छ ।
हाल गण्डकी र बागमती प्रदेशमा साधारणतयादेखि अधिकाङ्श बदली रही बाँकी भू-भागमा आङ्शिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकीका केही स्थानहरूमा तथा कोशी, मधेस र लुम्बिनीका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग्र/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले मङ्गलबारसम्म देशभर वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तो छ तीन दिनको प्रदेशगत मौसम विवरण –

Facebook Comment
Comment