अष्ट्रेलियामा आम निर्वाचन : सबैभन्दा ठूलो मुद्दा मुद्रास्फीति

नेपालभ्युज

अष्ट्रेलियामा आम निर्वाचन : सबैभन्दा ठूलो मुद्दा मुद्रास्फीति

काठमाडौं । अष्ट्रेलियामा आम निर्वाचनको मतदान जारी छ । यस सबैभन्दा ठूलो मुद्दा मुद्रास्फीति हो ।

यस चुनावमा अष्ट्रेलियाका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता पिटर डटनबीच प्रतिस्पर्धा छ ।

अल्बानिज लेबर पार्टीका हुन् । उनी २०२२ देखि अष्ट्रेलियाको प्रधानमन्त्री छन् । उनी लगभग ३० वर्षदेखि सांसद छन् ।

सत्तामा आएपछि अल्बानिजले निकै लोकप्रियता हासिल गरे । तर हालसालै आवास, आदिवासी मामिला, यहुदी विरोधीता र इस्लामोफोबियाजस्ता मुद्दाहरूमा दबाबको सामना गर्नु परेको छ ।

प्रधानमन्त्री पदका लागि अर्का उम्मेदवार कन्जरभेटिभ लिबरल–नेशनल गठबन्धनका नेता पिटर डटन हुन् । विपक्षी दलको नेताको रूपमा यो उनको पहिलो चुनाव हो ।

डटनले यसअघि रक्षा र गृह मामिलाजस्ता प्रमुख मन्त्रालय सम्हालेका छन्, तर सामाजिक मुद्दाहरूमा उनका टिप्पणी प्रायः विवादास्पद हुने गरेका छन् ।

अष्ट्रेलियामा मानिसहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको निर्वाचन गर्दैनन् । उनीहरूले सांसदहरूलाई मतदान गर्छन् र सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved