विद्युत् प्राधिकरणको श्वेतपत्र : यी हुन् १५ भावी योजना 

विद्युत् प्राधिकरणको श्वेतपत्र : यी हुन् १५ भावी योजना 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रमा नेपालको ऊर्जा क्षेत्र सुधार्न विभिन्न कार्य गरिने योजना देखाएको छ ।

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गरेको श्वेतपत्रमा ऊर्जा सुरक्षादेखि वित्तीय व्यवस्थापनसम्मका योजनाहरू उल्लेख गरिएको छ ।

हालको वित्तीय स्थिति सार्वजनिक गर्दै कार्यकारी निर्देशक शाक्यले प्राधिकरण ठूलो घाटामा रहेको बताए । उनले सरकारले अल्पकालीन ऋण दिएर सहयोग नगरे प्राधिकरण टाट पल्टन सक्नेसमेत बताएका छन् ।

प्राधिकरणले हाल विभिन्न समस्या र चुनौतीहरूको सामना गर्नुपरेको भन्दै यी समस्या निराकरण गर्दै दिगो र मजबुत आर्थिक सुधारमार्फत ऊर्जा सुरक्षाको अवस्थालाई सुदृढ गरी विश्वसनीय विद्युत् उपलब्ध गराउनु अहिलेको आवश्यकता रहेको श्वेतपत्रमा औँल्याइएको छ ।

विद्युत् प्राधिकरणको श्वेतपत्रमा के छ ? (पूर्णपाठ)

श्वेतपत्रमा उल्लेखित केही महत्वपूर्ण बुँदा

१. विश्वसनीय विद्युत्‌को लागि ऊर्जा सुरक्षाको बन्दोबस्त र विद्युतीय सञ्जालको सुदृढीकरण गरिने,

२. ब्याट्री, इनर्जी स्टोरेज सिस्टम र पम्पेट स्टोरेज प्लान्टको निर्माण कार्य अगाडि बढाइने,

३. विश्वसनीय विद्युत् आपूर्तिका लागि वितरण फिडरहरूमा अटो रिक्लोजर र स्मार्ट लोड ब्रेक स्वीच जडान कार्य आगामी वर्षबाट सुरु गरिने,

४. मुख्य शहरहरूमा १०० के.भी.ए. देखि माथिका वितरण ट्रान्सफरमरहरू”मा स्मार्ट मिटर जडान गरिने,

५. नेपाल सरकार, ने.वि.प्रा. तथा दातृ निकायहरूसमेतको सहयोगमा आगामी दुई वर्षभित्रमा सबै जिल्लाहरूलाई विद्युतीकरण गरिने,

६. प्राधिकरण आफैँ वा सहायक कम्पनीमार्फत अप्पर अरुण (१०६३ मेगावाट), उत्तरगङ्गा (८२८ मेगावाट), दूधकोशी (६७० मेगावाट)र सुनकोशी–३ (६८३ मेगावाट) जलाशययुक्त तथा जावा तिला (७०.३७ मेगावाट) अर्धजलाशययुक्त आयोजनालगायतका अन्य जलविद्युत आयोजनाहरूको निर्माण गरिने,

७. न्यू बुटवल–लमही, तिलगंगा– दूधकोशी–ढल्केबर, अरुण–इनरुवा ४०० केभी प्रसारण लाइन तथा इनरुवा–न्यू पूर्णिया, लम्की(दोदोधारा)–बरेली ४०० केभी र चमेलीया–जौलजीबी तथा चिलिमे हब केरुङ २२० केभी अन्तर्देशीय प्रसारण लाइनहरू लगायत अन्य भोल्टेज स्तरका प्रसारण लाइनहरूको निर्माण कार्य अगाडी बढाइने,

८. आगामी पाँच वर्षमा निर्माणाधीन आयोजनाहरूको लागि करिब ६ खर्बको बजेट आवश्यक हुने प्रक्षेपण गरिएकोमा करिब ४ खर्ब वैदेशिक र करिब २ खर्ब आन्तरिक स्रोतबाट जुटाइने लक्ष्य,

अझै केही वर्ष विद्युत् आयात जिरो गर्न सकिँदैन : निर्देशक शाक्य

९. समयानुकूल विद्युत् महसुल समायोजन गर्न आवश्यक पहल गरिने,

१०. डेडिकेटेड तथा ट्रङ्कलाइनको बक्यौता प्रचलित विद्युत् वितरण तथा सङ्कलन विनियमावलीअनुसार असुलीको प्रक्रिया तत्काल अगाडि बढाइने,

११. सडकबत्ती तथा सरकारी बक्यौताका साथै अन्य बाँकी बक्यौता नेपाल सरकार सहयोग लिई असुल गरिने,

१२. विश्वसनीय विद्युत् प्रदान गर्न एसएएफआई र एसएआईडीआई, सीएआईएफआई र सीएआईडीआईजस्ता अन्तर्राष्ट्रिय अभ्यासलाई फलो गरिने,

१३. प्राधिकरणको तरलता व्यवस्थापनको लागि बन्ड, डिवेन्चरको प्रयोग र क्लाइमेट फाइनान्सिङजस्ता स्रोतको प्रयोग गरिने,

१४. आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्दै आय अभिवृद्धि, बेरुजु फछ्र्याैट, बक्यौता असुली, जोखिम व्यवस्थापन, चुहावट नियन्त्रण तथा खर्चमा मितव्ययिता कायम गर्ने लगायतका उपायहरू अपनाई वित्तीय अवस्था सुधारिने,

१५. प्राधिकरणको प्राविधिक तथा वित्तीय तथ्याङ्कहरूमा एकरूपता ल्याउन ईआरपी, आरएमएस जस्ता आधुनिक सफ्टवेयर प्रणालीलाई प्रयोगमा ल्याइने,

प्राधिकरणसँग पैसा छैन, सरकारले ऋण नदिए टाट पल्टिन्छौँ : निर्देशक शाक्य


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved