सरकारको नीति तथा कार्यक्रममा जेन जी पुस्तालाई विशेष प्राथमिकता

नेपालभ्युज

सरकारको नीति तथा कार्यक्रममा जेन जी पुस्तालाई विशेष प्राथमिकता

काठमाडौं । सरकारले जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर उद्यमशीलताको विकास गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा सरकारले जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर स्टार्टअप कार्यक्रम र योजना अघि ल्याउने बताएको हो ।

जेन जी पुस्तामा उद्यमशीलताको भावना जागृत गर्ने किसिमले योजना अघि सार्ने सरकारको नीति छ । उद्यमशीलतामार्फत नै आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको छ ।

हरेक उद्यम र व्यापारमा त्यसको इकोसिस्टम र व्यापारिक योजना निश्चित गर्दै त्यस्ता योजनाहरूमा जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved