काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणसँग पैसा नभएको बताएका छन् ।
प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले १० अर्ब ऋण लिने प्रक्रिया अघि बढेको बताए । प्राधिकरणले ११ अर्ब ६१ करोड भुक्तानी दिन बाँकी रहेको उनको भनाइ छ ।
उनले भने, “दिनहुँ बिल भुक्तानीको लागि आइरहेका हुन्छन् । बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड छ । जुन भुक्तानी दिन सकिएको छैन् । किनकी प्राधिकरणको केन्द्रीय मौज्दातमा १० अर्ब १० करोड मध्ये मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रकम निकाल्न सकिएन, चालु खातामा जम्मा दुई अर्ब ४७ करोड मात्रै छ । प्राधिकरणसँग पैसा छैन । त्यसैले भुक्तानी दिन र प्राधिकरण चलाउनलाई १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको छ ।”
उनले प्राधिकरणको नदेखिएको ठूलो ऋण रहेको बताए । “नेपाल सरकारले ऋण नदिने हो सहयोग नगर्ने हो भने टाट पल्टिन्छौँ,” शाक्यले भने ।
Facebook Comment
Comment