अमेरिका र इरानबीच आणविक सम्झौता प्रकरण : शनिबार हुने भनिएको वार्ता स्थगित

नेपालभ्युज

अमेरिका र इरानबीच आणविक सम्झौता प्रकरण : शनिबार हुने भनिएको वार्ता स्थगित

काठमाडौं । अमेरिका–इरान आणविक सम्झौताका लागि शनिबार हुने भनिएको चौथो चरणको वार्ता हाललाई स्थगित गरिएको छ ।

दुई देशबीचको वार्तामा मध्यस्थता गरिरहेका ओमानी विदेशमन्त्री बद्र अल्बुसैदीले यो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा शनिबारका लागि तय भएको अमेरिका–इरान बैठक स्थगित गरिएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘बैठकको अर्को मिति दुवै देशको आपसी सहमतिमा घोषणा गरिनेछ ।’

ओमानी विदेशमन्त्रीको पदको बारेमा बीबीसी फारसीले सोधेको प्रश्नको जवाफ दिँदै अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले चौथो चरणको वार्तामा अमेरिकाको सहभागिताको समय र स्थान कहिल्यै निर्धारण नगरिएको बताए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशहरूलाई इरानबाट तेल किन्न बन्द गर्न वा थप अमेरिकी प्रतिबन्धहरूको सामना गर्न तयार रहन चेतावनी दिएका छन् ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले बुधबार इरानलाई ’हुथीहरूलाई समर्थन गरेकोमा मूल्य चुकाउन’ चेतावनी दिएका थिए । यही समयमा चौथो चरणको वार्ता स्थगित भएको खबर आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved