केआईआईटी प्रकरणमा दिल्लीस्थित दूतावासले भन्यो– निष्पक्ष अनुसन्धानका लागि निरन्तर पहल भइरहेको छ

नेपालभ्युज

केआईआईटी प्रकरणमा दिल्लीस्थित दूतावासले भन्यो– निष्पक्ष अनुसन्धानका लागि निरन्तर पहल भइरहेको छ

काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न पहल भइरहेको जनाएको छ ।

दूतावासले प्रिशाको मृत्युबारे बिहीबार जानकारी आएको र त्यसपछि राजदूत डा. शङ्कर शर्माले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग सम्पर्क गरेको जनाएको छ । साथै, सो क्याम्पसमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीबारे भारतीय निकायहरूसँग निरन्तर समन्वय भइरहेको दूतावासले जनाएको छ ।

केआईआईटीमा पछिल्लो तीन महिनामा दोस्रो नेपाली विद्यार्थीको मृत्यु भएको हो । यसअघि बुटवलकी प्रकृति लम्साल सो क्याम्पसको होस्टलमा मृत भेटिएकी थिइन् । अहिले साह मृत भेटिएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved