केआईआईटीमा अर्की नेपाली छात्रा मृत भेटिइन् 

नेपालभ्युज

केआईआईटीमा अर्की नेपाली छात्रा मृत भेटिइन् 

भारत । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक नेपाली विद्यार्थी मृत भेटिएकी छिन् ।

ओडिशाटिभिको अनलाइन संस्करणले सो विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको जनाएको छ । तर, मृतक नेपाली छात्राको पहिचान भने खुलाइएको छैन ।

कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका छन् । तर, यो विषयमा विश्वविद्यालयले कुनै जानकारी दिएको छैन ।

यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा विश्वविद्यालय प्रशासनले अमानजनक व्यवहार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved