प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीको १३ बुँदे ज्ञापनपत्र

सुशासन सम्मेलनको माग

नेपालभ्युज

प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीको १३ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न १३ बुँदे माग राखेको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू बुधबार बालुवाटार पुगेर मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

बजेटमा कृषि, उद्योग, शिक्षा, पर्यटन, सूचना–प्रविधि, पूर्वाधारदेखि रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्नुपर्नेलगायत माग राखेका छन् ।

‘मुलुकको राष्ट्रिय एजेन्डा बनाउन सरकारको आयोजनामा यथाशीघ्र ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गरौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।

एकीकृत समाजवादीले विदेश नीतिबारे पनि एउटा बुँदा समेटेको छ ।

‘संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र हाम्रो संविधानका आधारमा समग्र विदेश सम्बन्धको पुनरावलोकन गरौँ,’ जसमा भनिएको छ, ‘राष्ट्रिय पुँजीको विकास गर्दै समृद्ध तथा समाजवादी नेपालको निर्माणका आवश्यकताअनुसार द्विपक्षीय, बहुपक्षीय र अन्तरराष्ट्रिय सम्बन्धको मार्गचित्र निर्माण गरौँ ।’

समयको मागलाई दृष्टिगत गरेर पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ मुलुकका सामु १३ बुँदे प्रस्तावलाई अगाडि सारेकाे एकीकृत समाजवादीले जनाएकाे छ ।

‘हाम्रो अपमानपूर्ण इतिहासलाई बदल्न, हाम्रो राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसबाट आजको राजनीतिक अस्थीरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भइरहेको छ । समयको यही मागलाई दृष्टिगत गरेर हाम्रो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ मुलुकका सामु यी प्रस्तावलाई अगाडि सारिएको हो ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved