स्कटल्यान्डमा नेपालीको रेष्टुरेन्टले जित्यो प्रतिष्ठित अवार्ड

नेपालभ्युज

स्कटल्यान्डमा नेपालीको रेष्टुरेन्टले जित्यो प्रतिष्ठित अवार्ड

काठमाडौं । स्कटल्यान्डमा नेपालीद्वारा सञ्चालित बे लेफ रेष्टुरेन्टले हालै सम्पन्न स्कटिस करी अवार्ड २०२५ मा प्रतिष्ठित अवार्ड जितेको छ ।

वेस्ट लोथियनस्थित पुम्फर्सटनमा रहेको सो रेष्टुरेन्टले अवार्ड हात पारेको हो ।

म्यानेजर अफ द इयरको अवार्ड सागर भण्डारीलाई प्रदान गरिएको छ । उक्त शाखालाई दक्षिणपूर्व स्कटल्याण्डको करी रेष्टुरेन्ट अफ द इयर अर्वाडबाट पनि सम्मानित गरिएको छ । भण्डारी उक्त रेष्टुरेन्टका सञ्चालक हुन् ।

त्यस्तै, बाथगेटस्थित बे लेफ रेष्टुरेन्ट स्कटल्याण्डको उदीयमान करी रेष्टुरेन्ट घोषित भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved