सम्पत्ति विवरण लुकाउने प्रधानमन्त्रीले सुशासनको कुरा गर्न सुहाउँदैन : मनीष झा

नेपालभ्युज

सम्पत्ति विवरण लुकाउने प्रधानमन्त्रीले सुशासनको कुरा गर्न सुहाउँदैन : मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सम्पत्ति विवरण लुकाएर सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले १० महिनासम्म पनि सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेकोमा आपत्ति व्यक्त गरेका छन् । ‘सम्पत्ति विवरण लुकाएर प्रधानमन्त्रीले सुशासनका कुरा गर्न सुहाउँदैन,’ उनले भने ।

सांसद झाले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेको पुष्टी प्रधानमन्त्री स्वयंले गरेको बताएका छन् । ‘प्रधानमन्त्री स्वयंले आफ्नो भाषणबाट रास्वपा सभापतिमाथि प्रतिशोध साधेको पुष्टी गरिसक्नुभयो । यसको बचाउमा अब अरू नआउनु,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved