पूर्वप्रधानमन्त्री डा भट्टराईको भारतमा उच्चस्तरीय राजनीतिक भेटवार्ता

नेपालभ्युज

पूर्वप्रधानमन्त्री डा भट्टराईको भारतमा उच्चस्तरीय राजनीतिक भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । डा भट्टराईको सचिवालयका अनुसार उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार भेटवार्ता गरेका थिए । सो भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएको जनाइएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री डा भट्टराईले हालै कश्मिरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए । डा भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved