सन्तोषी श्रेष्ठले बनाइन् लन्डन म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान

नेपालभ्युज

सन्तोषी श्रेष्ठले बनाइन् लन्डन म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान
File Photo

काठमाडौं । लन्डन म्याराथनमा नेपालकी धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

सन्तोषीले निर्धारित दूरी २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरिन् ।

यसअघि उनले सन् २०२४ जनवरीमा भएको बङ्गबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आफ्नो डेब्यू म्याराथन उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा पूरा गरेकी थिइन् ।

उनले लन्डन  म्याराथनको आफ्नै नामको कीर्तिमान भङ्ग गरेकी हुन् ।

सन्तोषीले गत वर्ष पेरिस ओलम्पिकमा ७९औं स्थानमा रहँदै म्याराथन पूरा गरेकी थिइन् । सो समयमा उनले निर्धारित दूरी २ घन्टा ५५ मिनेटमा पूरा गरेर खराब कीर्तिमान बनाएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved